१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई पेबाट पहिलोपटक एयरलाइन्स टिकट काट्ने ग्राहकलाई छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o६:oo

 डिजिटल वालेट ‘आइएमई पे’ले  एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा पाँच सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । 

योजनाअनुसार सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद गर्दा उपलब्ध हुने प्रोमो कोड प्रयोग गरी पाँच सय रुपैयाँ क्यासब्याक पाउने जनाइएको छ । सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो योजना भदौ २४ देखि सुरु भएको छ र पहिलो एक हजार योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ । योजना पहिलोपटक एयरलाइन्स टिकट काट्दा मात्र लागू हुने उल्लेख छ । 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफँैले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सक्ने जनाइएको छ । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

ad
ad