१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २३ शनिबार १३:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा विमानस्थलबाट दोस्रोपटक चार्टर उडान, ४२ युरोपेली पर्यटकसहित थिम्पु प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार १३:४२:oo

पोखरा विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान भएको छ। शनिबार बिहान पहिलोपटक भुटानको ड्रुक एअरले व्यावसायिक उडान भरेको हो। 

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर आज बिहान सवा ८ बजे थिम्पु फर्किएको हो। 

भारत, नेपाल र भुटान घुम्ने गरी आएका युरोपेली पर्यटक डु्क एअर चार्टर गरी थिम्पु गएका हुन्। पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एअरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए। 

पर्यटकलाई स्वागत गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले भारतसँगको रुटबारे केही समस्या भएकाले छलफल भइरहेको बताए।  

उनले भारतसँग कुरा मिलेपछि चाँडै नै विमानस्थलबाट उडान सुरु हुने बताए। सञ्चारकर्मीसँगको कुराकानीमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनिसकेपछि पनि सञ्चालन हुने कि नहुने भन्ने दोधार भएको भन्दै अब भने पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट उडानका लागि तयार छ भन्ने सन्देश गएको बताए। 

उनले अब नियमित उडान सेप्टेम्बरपछि हुन सक्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी गराउनुभएको भन्दै उनले चीन उडानका लागि तयार भए पनि भारतसँग पनि छलफलबाट समस्या समाधान गरे उडान नियमित हुन कठिनाइ नहुने बताए। यसअघि चीनको सिचुवान एअरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो।