
लुम्बिनी प्रदेश सभामा प्रतिवेदनसहितको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सत्र सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेस भएको छ।
प्रदेश आन्तरिक मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले बिहीबार बसेको २४औँ बैठकमा उक्त प्रतिवेदनसहितको विधेयक पेस गरेका थिए।
२३ प्रदेश सभा बैठकले प्रतिवेदनसहितको विधेयक तयार गर्न आन्तरिक मामिला तथा कानुन समितिलाई दिएको थियो। एक महिनाको कसरतपछि समितिले प्रतिवेदनसहितको विधेयक तयार गरी संसदमा पेस गरेको हो।
विधेयकको प्रतिवेदनको तयारीका लागि आमनागरिकसमक्ष सुझाव माग गरेको थियो भने विज्ञको सल्लाहसमेत लिएको थियो। सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे तय गरिएको छ।