१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १९ मंगलबार १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार १२:१o:oo

त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली) लागू गरेको छ ।

अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्फत सम्पादन हुनेछन् । त्रिवि केन्द्रीय कार्यालयमा सो प्रणाली गत साउन १ गतेदेखि नै लागू भएको थियो । हालसम्म पाँच सय २९ युजर आइडी कार्यान्वयमा छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा स्वचालित प्रणालीको विधिवत शुभारम्भ गरेका हुन् ।  सो अवसरमा उनले त्रिविलाई कागजविहीन प्रशासनका रूपमा स्तरोन्नति गर्ने आफ्नो महत्वपूर्ण लक्ष्य पूरा भएको उल्लेख गर्दै प्रविधि कार्यालयको अनिवार्य जीवन प्रणाली बनिसकेकाले सेवा प्रणालीलाई थप व्यवस्थित, सृदृढ र प्रभावकारी बनाउन कार्यालय स्वचालित प्रणाली सफल हुने अपेक्षा व्यक्त गरे । अत्याधुनिक प्रविधिको प्रयोगलाई बढावा दिई तीव्र गतिको इन्टरनेट सुविधासमेत व्यवस्था गरी सेवाग्राहीलाई छिटोछरितो सेवामार्फत सन्तुष्ट बनाउन उपकुलपति बाँस्कोटाले निर्देशन दिए ।