१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२८:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

पहिलोपटक साहित्य महोत्सव गरेर बिपीलाई सम्झँदै छ कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२८:oo

कांग्रेसले बिपीजयन्तीको अवसर पारेर गर्न लागेको साहित्य महोत्सवको तयारी तीव्र बनाएको छ । कांग्रेसले पहिलोपटक ‘बिपी साहित्य महोत्सव’ आयोजना गरी बिपीको साहित्य र राजनीतिक योगदानलाई स्मरण गर्न लागेको हो । 

कार्यक्रमका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी समिति गठन गरेको छ । तयारीबारे सोमबार पत्रकार सम्मेलन गर्दै संयोजक पाण्डेले नेपालको राजनीतिमा विचारलाई केन्द्रमा राख्ने गरी महोत्सव गर्न लागिएको बताए । 

राजनीतिमा देखिएका गलत संस्कृतिको अन्त्य र असल संस्कृतिमा अभिमुख गराउनु महोत्सवको उद्देश्य रहेको उनको भनाइ छ । ‘विचारको राजनीति पुनर्ताजगी गर्ने गरी महोत्सव गर्न लागिएको हो । गलत संस्कृतिको अन्त्य गर्दै असल संस्कृतिको बाटोमा सिंगै राजनीति अभिमुख गराउनु महोत्सवको मुख्य उद्देश्य हो,’ उनले भने ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसर पारेर २४ भदौबाट तीन दिन हुने महोत्सवको अन्तिम तयारी भइरहेको छ । महोत्सव कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २४ देखि २६ भदौसम्म आयोजना हुनेछ । 

महोत्सव कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक संघको संयोजनमा सम्पन्न हुनेछ । १० साउनमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो ।