
एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिडिरहेका छन्।
श्रीलंकाको कान्डीस्थित पालेकेले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले आक्रामक सुरुवात गरेको छ।
नेपालले दश ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाएको छ । नवौँ ओभरको पाँचौँ बलमा कुशल भुर्तेलको विकेट गुमेको हो। आक्रामक क्रिकेट खेलका कुशलले दुई चौका र तीन छक्काको सहयोगमा २५ बलमा ३८ रन बनाए।
क्रिजमा अहिले आसिफ सेख र भीम सार्की छन्। आसिफ पाँच चौकाको सहयोगमा ३६ बलमा २३ रन बनाएर खेलिरहेका छन्। नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्याे।