१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कतारलाई नाै विकेटले हराउँदै नेपाल सेमिफाइनल प्रवेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o९:oo

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई नाै विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। 

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो।

 समूह ‘ए’बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितका लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १०.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍याे। 

नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् । उनले २८ बलमा चार चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै, इन्दु बर्मा १२ बलमा तीन चौकासहित २० रनमा अविजित रहिन्। सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा एक चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्। 

त्यस्तै, एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन्। नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक–एक विकेट लिए। नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।