१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप यादवको प्रश्न– डेडिकेटेड विद्युत् खपत गरेर अर्बौँ बक्यौता नतिर्ने उद्योगलाई किन कारबाही भएन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगहरूलाई कारबाही गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले ट्रंकलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् खपत गरेर अर्बौँ बक्यौता नतिर्ने उद्योगहरूलाई कारबाही गर्न माग गरेका हुन्।

‘दिनहुँ भ्रष्टाचारको चर्चा चल्छ। तर, लोडसेडिङको विषय उठ्दैन। ०७२ सालतिर लोडसेडिङ थियो। गर्मीमा पंखा चलाउने अवस्था पनि थिएन। बिजुली थिएन, देशमा २० घन्टा लोडसेडिङ थियो। त्यसवेला यहाँका उद्योगपति, प्रतिष्ठित कार्यालयहरूले ट्रंकलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् खपत गरे। तर, अर्बौँ रुपैयाँ बक्यौता तिरेनन् । नेपाल सरकारको ध्यान किन गएन ?’ उनले प्रश्न गरे।

सांसद यादवले बक्यौता नतिर्ने उद्योगहरूलाई अझै विद्युत् उपलब्ध गराइएको भन्दै प्राधिकरणका प्रबन्ध–निर्देशक कुलमान घिसिङको आलोचना गरे। उद्योगीबाट आर्थिक लेनदेन गरेर बक्यौता असुल नगरिएको हो ? भनेर उनले प्रश्नसमेत गरे। 

बक्यौता असुल गराउने अदालतको आदेश र लेखा समितिको निर्देशनसमेत पालना नभएको भन्दै सांसद यादवले असन्तुष्टि जनाए। ‘ती व्यापारी हरेक दिन नयाँ गाडी चढिरहेका छन्। तर, अर्बौँ रुपैयाँ बक्यौता राखेको छ । सर्वसाधारणले एक महिना तिरेन भने जरिवाना गर्छ, त्यसपछि पनि तिरेन भने लाइन काट्छ,’ उनले भने, ‘तर, अर्बौँ रुपैयाँ बक्यौता राख्ने व्यापारीलाई किन लाइन काट्दैन प्राधिकरणले ?’