Skip This
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
२o८o भदौ १२ मंगलबार १३:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १३:५६:oo

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान सुरु गरेको छ।

आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको छ। भैरहवाबाट काठमाडौ‌ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ। 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एकपटक भैरहवा आउने विमानमार्फत काठमाडौ‌ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो। 

आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए। हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ। 

महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिए। उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुला गरेको थियो। 

नेपाल वायुसेवा निगमले मलेसिया–भैरहवा रुटमा गत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो। त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो।