१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १५:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रद्वारा आइसिटी फोरम गठन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२४:oo

नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन्।

अध्यक्ष प्रचण्डले पछिल्लो समय हल्लाकै भरमा संगठन बनाउने प्रवृत्ति देखिएको भन्दै सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्ने उद्देश्यले फोरम गठन गरिएको बताए। ‘यो सूचना प्रविधिको युग हो, यसको महत्व हामी सबैले बुझ्न जरुरी,’ उनले भने, ‘राजनीतिक दल सफल बनाउनका लागि पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य बनेको छ।’

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आइसिटी फोरम गठनको निर्णय भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले फोरम ‘ग्रासरुट’सम्म विस्तार गर्न निर्देशन दिए। उनले समाजवादको आधार तय गर्नका लागि जनतासम्म पुग्ने गरी काम गर्न पनि निर्देश गरे।

‘फोरमले पार्टीका नीति, विचार र कामलाई प्रचारप्रसार गरी जनतामाझ पुर्‍याउन सहयोग गर्नेछ,’ उनले भने, ‘फोरम गठनले हल्लाकै भरमा संगठन बनाउने परम्परा तोड्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ।’

पार्टीको तीनमहिने अभियान सफल बनाउन सूचना प्रविधिको प्रयोगमा जोड दिन नवगठित फोरमलाई निर्देशन दिए। सूचना प्रविधिलाई पार्टीले जुन किसिमको महत्व दिएको छ सोहीअनुरूप काम गर्न उनले आग्रह गरे।

कार्यक्रम संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्यले आइसिटी फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिनेसमेत जानकारी दिए।