१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हङकङलाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखलाको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४१:oo

हङकङलाई १३ रनले पराजित गर्दै नेपालले महिला टी–२० शृंखला जितेको छ। वर्षा बाधक बनेको फाइनलमा डकवर्थ लुइस पद्धतिका आधारमा नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि उचालेको हो। 

मलेसियामा भएको यो शृंखलाको जित नै नेपाली राष्ट्रिय महिला टिमका लागि यो पहिलो उपाधि हो। नेपालले चार देश सम्मिलित शृंखलाको फाइनलमा जितका लागि एक सय दुई रनको लक्ष्य पाएको थियो। 

नेपालले ५.३ ओभरमा एक विकेट गुमाउँदै ३७ रन बनाएको अवस्थामा खराब मौसमको कारण खेल रोकिएपछि डकवर्थ लुइसबाट नतिजा घोषणा गरिएको हो। खेल रोकिँदा नेपालकी इन्दु बर्माले १९ बलमा १९ र सीता रानामगरले १३ बलमा १३ रन बनाएका थिए। त्यसअघि ओपनिङमा आएकी काजल श्रेष्ठ शून्य रनमै एलबिडब्लु धरापमा परेकी थिइन्। 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि हङकङ ब्याटिङमा आएको थियो। हङकङका लागि का यिङ चानले २९, मारिना एन्तोनियाले १९, सान्जिन साहजादले १४, यासमिन दासवानीले ११ रनको योगदान दिए। अन्य ब्याटरले खासै योगदान गर्न सकेनन्। 

बलिङतर्फ नेपालका लागि खुसी डंगोलले तीन विकेट लिइन् भने अश्मिना कर्माचार्य र कविता जोशीले समान एक–एक विकेट लिए। योजना मुताबिक नै बलर र फिल्डरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले हङकङलाई मध्यम योगफलमा रोकेको थियो। 

नेपाल र हङकङबीच शृंखलामा यसअघि पनि भेट भएको थियो। समूह चरणको सो भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो। फाइनल खेलअघिका तीनमध्ये नेपाल मलेसियासँग मात्र पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हराउँदा तेस्रो खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो। तर, समूह चरणका तीनमध्ये दुई–दुई खेलमा स्पष्ट जित निकालेका नेपाल र हङकङ राम्रो रनरेटका आधारमा फाइनल पुगेका थिए।