१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले सर्वदलीय बैठकमा एकीकृत समाजवादीलाई निषेध गरे : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन्। संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर आफ्नो पार्टीलाई सहभागी नगराएको नेपालको जिकिर थियो।

‘ओलीले यो पार्टीको मतलव नै नराख्ने। हुँदाहुँदा हिजोअस्ति त संसदमा अरू सबै पार्टी हुन्छ, तर एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन्। र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरू सबै बसे ६ वटा पार्टी। राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्,’ उनले भने।

अध्यक्ष नेपालले नेकपा ब्युँताउने आफ्नो प्रस्तावसमेत ओलीले लत्याएको दोहोर्‍याए। विगतमा राष्ट्रपति पद पाउनका लागि आफूसँग भेट्न खोज्ने ओलीले अहिले आफ्नो पार्टीलाई निषेध गरेको नेपालको भनाइ छ।