१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बगैँचालाई चिटिक्क बनाउने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५३:oo

धेरै जात र रङका फूलले बगैँचाको सुन्दरता बढाउनुका साथै रमाइलो वातावरण सिर्जना गर्छ । सुन्दर बगैँचा इज्जतको प्रतीक पनि मानिन्छ । नेपालमा हिजोआज बगैँचाका सौखिन पनि बढी छन् । मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्य वृद्धि गर्ने हुनाले बगैँचामा ठूला रूख, फूल राखेर आकर्षक बनाउन सकिन्छ । मौसमी फूल, ग्रिन प्लान्टदेखि बाह्रमासे फूल लगाउन सकिन्छ । सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिएर रोप्नु उचित हुन्छ । बगैँचालाई आकर्षक बनाउने केही तरिका :

- फूल रोप्दा फूलको प्रजातिअनुसार दूरीको ख्याल राख्नुपर्छ । मौसमी फूललाई हेरचाह पनि गरिरहनुपर्छ । 

- फूलको बगैँचा मलिलो र उब्जाउ हुने जमिनमै बनाउनुपर्छ । बगैँचा बनाएपछि उक्त जमिनमा उम्रेका झारपात समय–समयमा उखेल्नुपर्छ । मल हाल्नुपर्छ र गोडमेल गर्नुपर्छ । 

- कुन मौसममा कस्तो फूल रोप्ने भन्ने अधिकांशलाई थाहा नहुन पनि सक्छ । त्यसैले घरमा सधैँ आकर्षक देखिने मौसम र माटोसुहाउँदो फूल रोप्नुपर्छ । बगैँचामा १२ महिना फुल्ने र सिजनमा फुल्ने दुवै थरी फूल लगाउनुपर्छ । जसकारण १२ महिना नै बगैँचामा फूल फुल्छ र घर आकर्षक देखिन्छ । यसका लागि नर्सरीमा राम्रोसँग बुझेर रोप्दा हुन्छ । 

- बगैँचामा थरीथरी, रंगीन फूल लगाउँदा राम्रो हुन्छ । यसले गर्दा बगैँचाको सुन्दरता पनि बढाउन सहयोग पुग्छ ।

- बगैँचामा ३० देखि ६० दिनमा सुकेको पात निकालेर फ्याल्नुपर्छ, ती पातलाई मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । गुणस्तरीय बिरुवाको छनोट, मौसम र हावापानीसुहाउँदो बिरुवा लगाउनुपर्छ । कुहिएको पात र फूललाई व्यवस्थापन गर्नुपर्छ । 

ad
ad