
काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खसेको छ। बुधबार बिहान कामाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका- २ चालिसेमा त्रिशूलीमा खसेको हाे।
अहिले दुर्घटनास्थलमा सुरक्षाकर्मीको उद्धार टोली पुगेको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन सुरक्षा वेश आदमघाटबाट डिएसपीको कमाण्डमा १६ जना र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डिएसपीको कमाण्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज उद्धारमा खटिएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका