१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करीको अनुसन्धान सिआइबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नै टुंगोमा पुर्‍याउने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुन प्रकरणको अनुसन्धानलाई सिआइबीले नै टुंगोमा पुर्‍याउने दाबी गरेका हुन्। ‘सुन प्रकरणको सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको छ। सिआइबीले नै यसलाई टुंगोमा पुर्‍याउनेछ,’ श्रेष्ठले भने। 

संसद्को गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको उपप्रधानमन्त्री श्रेष्ठको प्रतिक्रिया थियो। ‘आज नै निष्कर्षमा पुगेको छैन। तर, छलफल सकारात्मक छ,’ उनले भने, ‘भोलिसम्ममा निष्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला भन्नेमा आशावादी छौँ।’

फरक प्रसंगमा उनले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आएका आध्यात्मिक गुरु धीरेन्द्र शास्त्रीसँग भेट गरेको बताए।