१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रमुख दलले सिन्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरे : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिन्डिकेट खडा गरी प्रमुख दलहरूले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन्। 

थापाले प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललितानिवास जग्गा, सुन तस्करी, गौर र टीकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै आपत्ति जनाए। 

पार्टीको काठमाडौं महानगर समितिले शनिबार गरेको कार्यक्रममा थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो संघीय गणतन्त्रका नाममा अहिले मुलुकमा कायम व्यवस्थाको अन्त्य जरुरी रहेको बताए। 

राप्रपा नेपाल भविष्यमा सत्ता नभई जनताकेन्द्रित भएर जनता र देशको हितको लागि अगाडि बढ्ने संकल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेकोसमेत थापाले बताए। 

मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै उनले बेरोजगारी, धर्मपरिवर्तन, महँगीको मारमा सिंगो देश पिल्सिएको चर्चा गरे। कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल, श्याम घिमिरे, राजकुमार खड्का, दिवेश नापितलगायतले धारणा राखेका थिए। कार्यक्रममा विभिन्न नवप्रवेशीहरूलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए।