
हिमालयन बैंक लिमिटेड र तायो इको रिसोर्ट होटेल प्रालिबीच हिमालयन बैंकका ग्राहकलाई रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार नगरकोटको शान्तिडाँडामा रहेको उक्त रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा बैंकका ग्राहक तथा कार्डवाहकलाई १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाइएको छ । छुट प्राप्त गर्न बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।