१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
अजित अधिकारी काठमाडौं
Invalid date format २१:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इन्धनको मूल्य वृद्धि, पेट्रोलमा ५ र डिजेल-मट्टीतेलमा १४ रुपैयाँ प्रतिलिटर बढ्यो

Read Time : < 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o२:oo

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोल ५ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान १४ रुपैयाँ मूल्य बढाएको छ।

मूल्यवृद्धिपछि काठमाडौंमा प्रतिलिटर पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान १ सय ६७ रुपैयाँ पुगेको छ। काठमाडौंको तुलनामा सुर्खेत र दाङमा प्रतिलिटर १ रुपैयाँ मूल्य सस्तो हुने गरेको छ भने तराईमा दुई रुपैयाँ ५० पैसा प्रतिलिटर सस्तो पर्ने गरेको छ।

आयल निगमले व्यवसायीलाई छल्न मंगलबार रातिबाट लागू हुने गरी मूल्यवृद्धि गरेको हो। यसअघि १६ साउनमा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य बढेर आउँदा पेट्रोलपम्प व्यवसायीले अस्वभाविक तेल लगेर लाभ लिएका थिए। 

उनीहरूको गैरव्यावसायिक क्रियाकलाप रोक्न र निगमलाई संस्थागत नोक्सानी हुनबाट जोगाउन आइओसीबाट मूल्य आउनुअगावै मूल्यवृद्धि गरिएको हो।

निगम स्रोतका अनुसार आइओसीसँग भोलि दिउँसो आउने नयाँ मूल्यबारे जानकारी लिएर नेपाली बजारमा भने आजै रातिबाट लागू हुने गरी मूल्य समायोजन गरिएको हो। आइओसीले १ देखि १३ तारिखको अन्तर्राष्ट्रिय बजार मूल्यको औसत निकालेर नेपाललाई नयाँ मूल्यसूची पठाउने गरेको छ।

निगमले गत ३१ असारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेयता प्रत्येक १५ दिनमा आइओसीबाट नयाँ मूल्य पाउनासाथ नेपाली बजारमा समायोजन गर्दै आएको छ।