१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३० मंगलबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘ललितानिवासको छानबिन भूमाफियाहरूको चलखेल अन्त्यकाे सुरुवात मात्रै’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार १७:३६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणको छानबिन भूमाफियाहरूको चलखेल र सक्रियता अन्त्य गर्ने सुरुवात मात्रै भएको बताएका छन्।

मंगलबार सम्पादकहरूसँगको भेटघाटका क्रममा उनले विस्तारै गिरिबन्धुजस्ता अन्य प्रकरणको पनि छानबिन हुने प्रस्ट पारे। अन्य प्रकरणहरूको पनि सिआइबीले छानबिन गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

ललितानिवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरूको विषयमा फरक ढंगबाट पनि छलफल भइरहेको उनको भनाइ थियो। संसद्, अदालत र सरकारका आ-आफ्ना क्षेत्राधिकार हुने उल्लेख गर्दै प्रधानमन्त्रीले यी एक अर्काले लक्ष्मण रेखा नाघ्दा कार्यकारीलाई काम गर्न असहज हुने बताए।

‘संसद्, अदालत र सरकारका आ–आफ्ना क्षेत्राधिकार हुन्छन्। एक–अर्काले लक्ष्मण रेखा नाघ्दा कार्यकारीलाई काम गर्न असहज हुन्छ भन्ने एंगलबाट पनि छलफल भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।