Skip This
आगामी ‘युद्ध’का लागि तयारी गर्नुपर्छ राहुल गान्धीले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Monday, 17 June, 2024
अजय के मेहरा
२o८o श्रावण ३० मंगलबार o८:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

आगामी ‘युद्ध’का लागि तयारी गर्नुपर्छ राहुल गान्धीले

आफ्नो पार्टीको निर्माणबाहेक सन् २०२४ को आमनिर्वाचनअघि विपक्षी गठबन्धनलाई एकताबद्ध राख्नु राहुलको भव्य सफलता हुनेछ

Read Time : > 3 मिनेट
अजय के मेहरा
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार o८:o९:oo

राहुल गान्धीले एउटा लडाइँ ४ अगस्टमा जिते । अदालतले मोदी थरको मानहानि गरेको अभियोगमा दोषी ठहर्‍याएपछि उनको जुनसुकै तहमा चुनाव लड्न सक्ने र एक सांसदको राजनीतिक हैसियत यही वर्षको सुरुताका खोसिएको थियो । अभियोगदेखि सजाय र अयोग्यतासम्ममा धेरै हदसम्म राजनीतिक प्रतिशोधले काम गरेको थियो ।

१३ फेब्रुअरीका दिन राहुलले लोकसभामा प्रधानमन्त्री मोदीमाथि भीषण हमला गरे । सन् २०१९ को आमनिर्वाचनका क्रममा भाजपा विधायक पूर्णेश मोदीलक्षित उनको ‘किन सबै चोरको थर मोदी हुन्छ’ भन्ने अभिव्यक्तिलाई भारतीय जनता पार्टी (भाजपा)ले गुजरातमा फौजदारी प्रकृतिको मानहानि मुद्दा दर्ता गराएर हतियारीकरण गरिसकेको थियो । २३ मार्चमा सुरत अदालतले यो मुद्दामा फैसला दियो ।

राहुल गान्धीलाई अधिकतम सजाय दिँदै पाँच वर्षसम्म कुनै पनि निर्वाचनमा लड्न अयोग्य हुने गरी दुई वर्षको जेल सजाय सुनाइयो । सोही फैसलाको आधारमा लोकसभाको सचिवालयले तुरुन्तै कदम चालेर २४ मार्चमा पाँच वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी सांसद पद खोस्यो । तर, सर्वोच्च अदालतले उनको दोषी ठहर गर्न रोक लगाएपछि उनी सर्वाेच्च अदालतले उनको सजायमा रोक लगाएपछि उनीमाथिको एक सय ३४ दिन लामो राजनीतिक–न्यायिक आक्रमणमा विराम लाग्यो । र, उनी ७ अगस्टमा फर्किए ।

तर, गान्धीले निकै ठूलो युद्धको सामना गर्दै छन् । यसले उनलाई या त शक्तिशाली नरेन्द्र मोदीको प्रमुख प्रतिस्पर्धीका रूपमा स्थापित गर्नेछ वा एक प्रतिस्पर्धीमा सीमित गर्नेछ । विभिन्न खेमामा बाँडिएर कमजोर बनेको आफ्नो पार्टीको निर्माणबाहेक सन् २०२४ को आमनिर्वाचनअघि विपक्षी गठबन्धनलाई एकताबद्ध राख्नु उनको भव्य सफलता हुनेछ । सम्मुखको लडाइँको नेतृत्व गर्न उनी कत्तिको सक्षम छन् त ? सन् २००४ मा गृहक्षेत्र (निर्वाचन क्षेत्र) अमेठीले उनलाई लोकसभा पठायो । संयुक्त प्रगतिशील गठबन्धन (युपिए)लाई १४५ सिटको जित दिलाएर कमजोर कंग्रेस पार्टी सन् १९९६ पछि पहिलोपटक सत्तामा फर्कियो ।

कंग्रेस पार्टी इन्दिरा गान्धीको दोस्रो शासनकालयता वैचारिक अलमलै चलिरहेको छ, जुन राजीव गान्धीले पार्टी र सरकारको नेतृत्व गरेपछि झन् बढेको थियो । पिभी नरसिंह राव र सीताराम केसरीले पार्टी निर्माणमा योगदान गरेनन् । सोनिया गान्धीले उदीयमान गठबन्धन युगलाई बुझिन् र युपिएलाई दुई कार्यकालसम्म नेतृत्व दिइन्, तर उनले पनि पार्टी निर्माण गर्न सकिनन् ।

युपिए गठबन्धनले एक दशक सरकार चलायो । त्यसयता राहुल गान्धी भारतीय राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष (सन् २००७), भारतीय युवा कांग्रेसका अध्यक्ष (सन् २००७), पार्टी महासचिव (२००७–२०१३), उपाध्यक्ष (२०१३ –१७ ) र पार्टी अध्यक्ष (२०१७–१९) रहिसकेका छन् । उनलाई मनमोहन सिंहले सन् २००९ मा आफ्नो मन्त्रिपरिषद्मा सामेल हुन आमन्त्रित गरेका थिए र सन् २०१२ मा पनि यही अनुरोध दोहोर्‍याइएको थियो । उनले ती अनुरोध त अस्वीकार गरे, तर एक दशक सत्तामा बस्दा र पार्टीमा विभिन्न पदमा रहँदा पार्टी निर्माणमा उनको योगदान नगण्य रह्यो । सन् २०१३ को सेप्टेम्बरमा उनले एक अध्यादेशलाई बकवास भन्दै च्यातेर सार्वजनिक रूपमै प्रधानमन्त्री मनमोहन सिंहको अपमान गरे । उनको कार्यले सरकार र पार्टी दुवैको साख गिर्‍यो ।

कंग्रेस पार्टी इन्दिरा गान्धीको दोस्रो शासनकाल (१९८०–८४)यता वैचारिक अलमलै चलिरहेको छ, जुन राजीव गान्धीले पार्टी र सरकारको नेतृत्व गरेपछि झन् बढेको थियो । पिभी नरसिंह राव र सीताराम केसरीले पार्टी निर्माणमा योगदान गरेनन् । सोनिया गान्धीले उदीयमान गठबन्धन युगलाई बुझिन् र युपिएलाई दुई कार्यकालसम्म नेतृत्व दिइन्, तर उनले पनि पार्टी निर्माण गर्न सकिनन् ।

राहुल गान्धी आफू दुई वर्ष पार्टी अध्यक्ष रहँदा पार्टीमा विचार सिञ्चन गर्न र खस्किँदो पार्टीमा उल्लास भर्न अक्षम नै देखिए । सन् २०१९ को निर्वाचनको हारको जिम्मेवारी लिएर उनले अध्यक्ष पदबाट राजीनामा दिए । उनले सन् २०१९ को आम निर्वाचनमा अमेठीबाट पराजित भए पनि केरलाको वायनाडबाट जिते । लोकसभामा झन्डै दुई दशक रहँदासम्म पनि उनी कुनै अर्थपूर्ण, प्रतिभाशाली बहस वा हस्तक्षेपका लागि चिनिएनन् । उनले लोकसभामा आफ्ना भाषणमा भाजपा र प्रधानमन्त्रीको आलोचना गर्दै आएका छन्, तर उनको भाषणले नीति वा देशका बारेमा वैकल्पिक विचार वा दृष्टिकोण प्रदान गरेको देखिएको थिएन । सन् २०१४ यता भारतीय राजनीतिको दक्षिणपन्थी झुकावको प्रमुख सिकार धर्मनिरपेक्षता भएको छ । राहुल गान्धी यो मुद्दामा अस्पष्ट छन् । उनको नरम हिन्दुत्वको बाटोले न त उनलाई न त पार्टीलाई नै फाइदा पुर्‍याएको छ ।

‘भारत जोडो यात्रा’ नै उनको प्रमुख राजनीतिक परियोजना रह्यो । यसले उनको छवि सुधार्नुका साथै जनतासम्म पु¥यायो । सुरक्षा घेराको बाबजुद उनको मुस्कुराउने बानी, सादा पहिरन र जनतासँग घुलमेल हुने बानीले उनीप्रतिको सद्भाव वृद्धि गर्‍यो । यसले कर्नाटकमा पार्टीको जितलाई सहयोग गर्‍यो । कर्नाटक स्थानीय नेतृत्वहरूसँग संगठनात्मक रूपमा पार्टी एकताबद्ध रहेको थोरै राज्यहरूमध्ये एक हो । यो भारत जोडो यात्रापश्चात् पार्टी निर्माणका कुनै गतिविधि देखिएका छैनन् । 

लोकसभाको राहुल गान्धीको भाषणले सत्तारुढ भाजपालाई उत्तेजित गरायो र मोदी थरमाथि गरिएको अपहेलनाको फौजदारी मुद्दामा कारबाहीका लागि उक्सायो । यो भाषण उनको यात्रा अनुभव र वैकल्पिक दृष्टिकोणबारे होइन कि नरेन्द्र मोदीको आलोचना मात्रै थियो । 

राहुल गान्धीको अहिलेको राजनीतिक परियोजना सन् २०२४ को आमचुनावमा विपक्षी दलहरूलाई एकसाथ खडा गर्ने रहेको छ । आइएनडिआइए (इन्डियन नेसनल डेभलपमेन्ट इनक्लुसिभ अलायन्स)मा सामेल अन्य २५ दलको डरलाई शान्त पार्न उनले आफू र आफ्नो पार्टी दुवैलाई विनयी बनाएर राम्रो गरेका छन् । गठबन्धनको सिर्जनात्मक नाम उनको योगदान भएको बताइन्छ । यो नाम गठबन्धनले स्वीकार गर्दा उनको कद बढेको छ ।

तर, यो सुरुवात मात्र हो । के राहुल गान्धी विगत नौ वर्षमा मोदीको सत्ताले विनिर्माण गरेका विभिन्न मुद्दाका लागि अधिक समावेशी वैचारिक मञ्च निर्माण गर्नमा यो गठबन्धनलाई मद्दत गर्न सक्षम होलान् ? गठबन्धनको कार्यक्रम र घोषणापत्रले मतदातालाई तात्विक रूपमा नै आकर्षित गर्नुपर्छ । आगामी नौ महिनामा देशभर निर्वाचन व्यवस्थापनसँग सम्बन्धित संस्थागत एवं सांगठनिक मुद्दालाई सुदृढ गर्दै लैजानुपर्नेछ । उनको पार्टी र प्रतिपक्षी खेमा हर्षित भइरहेको बखत हामीचाहिँ पर्ख र हेरको स्थितिमा छाैँ। 
द वायरबाट

ad
ad
ad
ad