१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २८ आइतबार १३:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नेविसंघको असन्तुष्ट पक्षले नेताहरूलाई बुझायो ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १३:५१:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट पक्षले नेताहरूलाई ज्ञापनपत्र बुझाएको छ। डा. शेखर कोइराला र रमेश लेखकलाई नेविसंघको आन्दोलनरत पक्षले आइतबार ज्ञापनपत्र बुझाएको हो।

गत सोमबार पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको इतिहासमै जम्बो तदर्थ समिति गठन गर्दा पनि नेविसंघमा असन्तुष्टि मत्थर भएको छैन । देउवाले नेविसंघ तदर्थ समितिमा सात सय १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

तर, इतर समूहले सहमतिअनुसार आफ्नो समूहबाट पठाइएको नाम संस्थापन समूहले मनोमानी ढंगले हटाएको आरोप लगाएका छन्। असन्तुष्ट समूहका विद्यार्थी नेताहरू दीपक ओझाको नेतृत्वमा अशोक विष्ट, विनोद शाही, रुपेश शाह, सुमित बोहाेरा, किरण नेपाली, दिनेश कार्कीलगायतले नेताहरूलाई ज्ञापनपत्र बुझाएका हुन्।

ad
ad
ad
ad