
मकवानपुरको बकैया गाउँपालिका– ५ श्रीपुरमा करेन्ट लागेर घाइते भएका एकजनाको आइतबार बिहान मृत्यु भएको छ।
करेन्ट लागेर घाइते भएका ५२ वर्षीय वीरबहादुर परियारको उपचारको क्रममा आज मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यलय हेटौँडाले जनाएको छ।
आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। उपचारको क्रममा मृत्यु भएका परियारको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।