१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्चस्तरीय छानबिन समितिको मागमा सरकारको अडान अनावश्यक : महेश बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२४:oo

एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको विषयमा सरकारले अनावश्यक अडान लिएको बताएका छन्।

उच्चस्तरीय छानबिन समिति गठनको माग सरकारलाई सहयोग गर्ने खालको भएको भन्दै उनले अनावश्यक अडान लिन आवश्यक नरहेको बताएका हुन्। तीन दलका शीर्ष नेता र सचेतकहरूको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्।

‘राज्यका मेकानिजमलाई पनि साथमा लिएर अनुसन्धानलाई प्रभावकारी बनाऔँ। यसमा सरकारले अनावश्यक अडान नलिओस्। डराउनुपर्ने कारणहरू पनि छैन,’ उनले भने, ‘हामी सबैको साझा अभियान तस्करलाई कानुनी कठघरामा ल्याउनु हो। यही अभियानमा सरकार यदि हो भने हाम्रो माग त उहाँहरूलाई सहयोग हुने गरी छ।’