१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
सुनसरीमा पानीमा भेटिएको डेंगुको लार्भा
२o८१ जेठ १३ आइतबार o६:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

धरानको खानेपानीमा ‘कोलिफर्म’

डेंगुको जस्तै लक्षण देखिएका बिरामी दूषित पानीका कारण हुन सक्ने आशंका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:o५:oo

धरानमा डेंगु संक्रमितको दर बढ्दो, आठको मृत्यु : हरेकजसो घरमा बिरामी, डेंगुको जस्तै लक्षण
धरानमा हालसम्म डेंगु संक्रमणबाट आठजनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना दीर्घरोगी छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार हालसम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४९ सयजनाको परीक्षण गरिएको छ । जसमा २४ सय ९४ जनामा डेंगु पजिटिभ देखिएको छ । बुधबार २२१ जनाले परीक्षण गराएकामा ७१ प्रतिशत अर्थात् १५६ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीमा पानीमा भेटिएको डेंगुको लार्भा

धरान उपमहानगरपालिकाभित्र खानेपानीमा दिसापिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । १६ साउनमा खानेपानी मन्त्रालयअन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबले धरानको पानीमा कोलिफर्म जीवाणु रहेको रिपोर्ट निकालेको थियो ।

धरान उपमहानगरपालिका– १६ का सुमन श्रेष्ठ असार अन्तिममा काठमाडौंबाट सुनसरी आए । धरानमा राति पानी किन्न खोज्दा पाएनन् । बिहान २ बजेतिर प्यास लागेपछि उनले धाराको पानी पिए । १ साउनको बिहान ७ बजेतिर उठ्दा ज्वरो आयो । टाउको दुख्नुका साथै पखालासमेत लाग्यो । घाँटी पनि दुख्न सुरु भयो । त्यसपछि बिरामी परेका श्रेष्ठ झन्डै दुई हप्ता उपचारपछि मात्र अलि निको भए । ‘बाहिरबाट पानी किन्न नपाएपछि राति धाराकै पानी पिएँ,’ उनले भने, ‘भोलिपल्ट बिहानै उठ्दा बिरामी परेँ ।’

धरानमा डेंगुको लक्षण देखिएको लामखुट्टेको टोकाइले मात्र नभएर पानीका कारण पनि हुन सक्छ भन्ने हल्ला उनले सुनेका थिए । उनलाई पनि त्यस्तै शंका लाग्यो र धरानवासीले पानी पिउँदै आएको पानीट्यांकी, धारा र स्रोत गरी सात ठाउँको नमुना संकलन गरेर १५ साउनमा इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा दिए । १६ साउनमा ल्याबले दिएको रिपोर्टअनुसार ६ ठाउँको पानीको नमुनामा कोलिफर्मको मात्रा ५ देखि ३५ सम्म देखिएको छ । खानेपानी बोर्डले जमिनमुनिबाट बोरिङ गरी निकालेको पानीमा भने ‘कोलिफर्म’ देखिएको छैन । ‘मलाई देखिएको लक्षण पानीले नै हो जस्तो लागेर इटहरीमा परीक्षण गराएँ,’ श्रेष्ठले भने, ‘रिपोर्ट आउँदा एउटाबाहेक सबैमा कोलिफर्म जीवाणु रहेको देखियो ।’

मानिस, जनावर र पन्छीको दिसापिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ पानीमा भेटिए खान अयोग्य मानिन्छ । राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड, २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा प्रतिसय मिलिलिटर शून्य कोलोनी फर्मिङ युनिट (सिएफयु) हुनुपर्छ । रिपोर्टअनुसार धरानको खानेपानी खान अयोग्य छ । 

जल गुणस्तर परीक्षण ल्याब इटहरीको रिपोर्टअनुसार कोकाह खोलाबाट ल्याइएको पानीमा कोलिफर्मको मात्रा ५ छ । जुन पानी धरानका मेयर हर्कराज राईको नेतृत्वमा अभियान सञ्चालन गरेर ल्याइएकोे हो । त्यस्तै, बोर्डको सर्दु खोलामा रहेको रिजर्भेसन ट्यांकीबाट आएको पानीमा मात्रा १० भेटिएको छ । खर्दु खोलाको पानीट्यांकीमा कोलिफर्मको मात्रा १५ भेटिएको छ । श्रेष्ठका अनुसार सर्दु र खर्दुखोलाबाट ल्याएको पानी जम्मा गर्ने ट्यांकीको ढकनसमेत छैन । निसाने खोलाको पानीट्यांकीमा कोलिफर्मको मात्रा २० भेटिएको छ । ल्याबको परीक्षण रिपोर्टअनुसार धरान उपमहानगरपालिका– १३ को फुस्रेमा रहेको ट्यांकीको पानीमा कोलिफर्मको मात्रा ३० युनिट छ । जुन पानी पिएकाले श्रेष्ठ बिरामी भएका थिए । धरान– १४ को ट्यांकीबाट धरान– ३ स्थित गौधारामा ल्याइएको पानीमा कोलिफर्मको मात्रा ३५ युनिट छ ।

थप नमुना परीक्षणको तयारीमा धरान उपमहानगर
डेंगुबाट संक्रमित र खानेपानीबाट बिरामी हुनेको लक्षण उस्तै देखिएको छ । कतिपय धरानवासीले खानेपानी बोर्डले दूषित पानी वितरण गरिरहेकाले समेत बिरामी भएको आरोप लगाएका छन् । मेयर हर्कराज राईकोे नेतृत्वमा ल्याइएको पानीमा समेत वैज्ञानिक परीक्षण नभएको स्थानीयको गुनासो छ । थप अरू ठाउँको पनि पानी परीक्षण गर्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । ‘डेंगुको जस्तै लक्षण देखिएर परीक्षण गराउने सबैमा डेंगु नदेखिँदा पानीको पनि कारण हुन सक्ने भन्ने अनुमान थियो,’ उनले भने, ‘अहिले पानीमा कोलिफर्म देखिएको खबर आएपछि थप परीक्षण गर्ने योजनामा छौँ ।’ बीचमा भएका अन्तत्र्रिmया र कार्यक्रममा समेत विभिन्न सरोकारवाला स्वास्थ्यकर्मी र चिकित्सकबाट पानीमा समेत केही हुन सक्ने अनुमानसहित अध्ययन गर्न सुझाव दिएको उनको भनाइ छ । 

मेयर हर्कराज राई भन्छन्– कसले दियो पानी परीक्षण गर्ने अनुमति ?
धरान उपमहानगर प्रमुख हर्कराज राईले भने आफूहरूले गराएको परीक्षण मात्रै आधिकारिक रहेको बताएका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा बिहीबार साँझ स्टाटस लेख्दै उनले पानीको परीक्षण गर्ने अनुमति कसले दियो भन्दै प्रश्नसमेत गरेका छन् ।

सामाजिक सञ्जालकै अर्को एक भिडियोमा उनले लार्भा खोजेर नष्ट नगर्ने, तर खानेपानीलाई दोष दिने भन्दै खानेपानी र डेंगुको नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।

अन्य नमुना थप परीक्षण गर्ने, पानीमा अध्ययन गर्ने र समाधान खोज्नेभन्दा पनि हाल देखापरेका बिरामी लामखुट्टेको टोकाइले भएकाले त्यतातिर ध्यान दिनुपर्ने उनको भनाइ छ ।

केही हप्ताअघिबाटै लक्षण देखिएका सबैलाई डेंगु पजिटिभ नभएर केहीलाई मात्र लागेकाले खानेपानीमा पनि केही समस्या हुन सक्ने भएकाले पानीमा पनि अध्ययन गर्न चिकित्सकहरूले सुझाएका थिए ।

ad
ad