१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o४:oo

बुटवल उपमहानगरपालिकाले डेंगु राेग नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, संघसंस्था, अस्पतालहरूलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । छलफलका क्रममा डेंगु महामारीको समयमा डेंगु परीक्षण शुल्कमा एकरूपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको र स्वास्थ्यसम्बन्धी निजी र सरकारी अस्पतालहरूले डेंगुबारेका सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको छ । 

बुटवल उपमहानगरपालिकामा तत्काल डेंगुका संक्रमितको संख्या नबढिसकेकाले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको पाण्डेको भनाइ छ ।

‘१९ वटै वडामा अभियान सञ्चालन गर्ने गरी कार्ययोजना तयार गरेका छौँ,’ उनले भने, ‘यो अभियान निरन्तर सञ्चालन हुन्छ र यसमा सबैको सहभागिता र सचेतना जरुरी हुन्छ । व्यक्ति सचेत भएन भने अभियान सञ्चालन गरेर मात्रै हामीले संक्रमण रोक्न सक्दैनौँ ।’

डेंगु नियन्त्रणका लागि हरेक शुक्रबार बिहान १० बजे १० मिनेटकाे कार्यक्रम

प्रत्येक कार्यालयहरूमा हरेक शुक्रबार बिहान १० बजे १० मिनेटकाे कार्यक्रम सञ्चालन गर्दै डेंगु नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गरिनेछ । हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्न सक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकै रूपमा सञ्चालन हुनेछ ।

संक्रमितको तथ्यांक एकीकृत रूपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय पनि भएको छ । निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेहरूले संख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय गरेको छ । 

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणमा नगरले नियमित रूपमा अभियान सञ्चालन गर्ने बताउँदै सबैले एकसाथ अभियान सञ्चालन गरेर संक्रमण फैलिन नदिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।