
नेपालका फिडे मास्टर रुपेश जैसवालले अजरबैजानमा चलिरहेको बुद्धिचाल विश्वकपमा ग्रान्डमास्टर गेदिर गुसेनोभलाई बराबरीमा रोकेका छन्।
उनले रेटिङमा आफूभन्दा ५ सय ३९ स्थानमाथि रहेका खेलाडीलाई रोकेको नेपाल बुद्धिचाल संघले जनाएको छ।
प्रतिस्पर्धामा उनको यो दोस्रो खेल थियो। प्रतियोगितामा सहभागी दुई सय ६ खेलाडीमध्ये जैसवाल दुई सय ३औँ स्थानमा रहेका छन्। उनी विश्वकप खेल्ने नेपालका एक मात्र खेलाडी हुन्।