१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लम्पी स्किनपीडित किसानलाई सरकारले राहत दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:१५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन रोगले पीडित किसानलाई राहत उपलब्ध गराउने बताएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले कृषि र अर्थ मन्त्रालयसँग लगातार छलफल भइरहेको जानकारी दिँदै उनले चाँडै राहतको कार्यक्रम ल्याउने बताएका हुन् ।

लम्पी स्किनका कारण गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गाई–भैँसी पाल्ने किसान गरिब र निम्नवर्गका नै हुन्छन् । लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’

किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रूपमा गोट पक्स भ्याक्सिन संघ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने व्यवस्था मिलाउन उनले कृषि मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् । रोग नियन्त्रणका लागि छिमेकी देशहरूबाट सिकेर वेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको उनले बताए । ‘छिमेकी देशमा यो रोग दुई वर्षअगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरूमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ,’ उनले भने ।

 चीन र भारतको अभ्यास र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने उनले बताए ।

ad
ad