१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १४ आइतबार १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार १३:१२:oo

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ। 

नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे हो। 

पुरी ०५२ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए। उनले ०७९ असार मसान्तसम्म एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।