१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कस्तो अवस्थामा सेवन गर्ने  उच्च रक्तचापको औषधि ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३४:oo

सामान्यतया १२०/८० एमएम एचजीदेखि १३९/८९ एमएम एचजीसम्मको अवस्था प्रि–हाइपरटेन्सन वा उच्च रक्तचाप हुनुभन्दा अघिको अवस्था हो । यस अवस्थामा औषधि सेवन गर्न जरुरी छैन । तर, यसभन्दा माथि अर्थात् १४०/९० देखि माथिको अवस्था उच्च रक्तचाप हो । यो अवस्थामा चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्छ । किनकि, उच्च रक्तचापले ठूलो हानि गर्न सक्छ ।

धेरैले उच्च रक्तचाप भएपछि बाँचुन्जेल औषधि खानुपर्छ भन्ने डरले हत्तपत्त औषधि सुरु गर्न मान्दैनन् । तर, औषधि नियमित नगर्दा स्वास्थ्यमा गम्भीर स्वास्थ्य समस्या देखिने खतरा हुन्छ । मस्तिष्कघात, हृदयाघात, मिर्गाैला, आँखामा समेत हानि गर्ने भएकाले उच्च रक्तचाप नियन्त्रण गर्नुपर्छ । यसका लागि चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा औषधि सेवन गर्न आवश्यक हुन्छ । 

औषधि खान डराउँदा धेरै बेफाइदा हुन सक्छ । औषधि सेवनपछि बिस्तारै ब्लडप्रेसर घट्दै गएमा मात्रा घटाउँदै लगेर औषधि बन्द गर्नसमेत सकिन्छ । 

किन हुन्छ ? 
उच्च रक्तचापका विभिन्न कारण हुन्छन् । कुनै–कुनै अवस्थामा कारण थाहा नहुन पनि सक्छ, वंशानुगत, हर्मोनल फ्याक्टर, भ्यासकुलर फ्याक्टर, किड्नीमा समस्यालगायत कारणले पनि उच्च रक्तचाप हुन्छ । 

हर्मोनको कारणले गर्दा पनि हुन्छ । प्रेसर बढ्यो भने धेरै हानि गर्छ । प्रेसर बढ्नेबित्तिकै औषधि सेवन गर्नुपर्छ भन्ने मानसिकता पनि कतिपयमा छ । कतिपयमा प्रेसर बढ्यो, तर लक्षण केही पनि छैन, टाउको दुखेको छैन, रिंगटा पनि लागेको छैन भने मलाई केही भएको छैन, किन औषधि खाने ? भन्ने पनि हुन्छ । औषधि एकपटक खाएपछि बाँचुन्जेल खानुपर्छ भन्ने चिन्ता पनि हुन्छ । 

प्रेसर नियन्त्रण नगर्दा किड्नी फेल हुने जोखिम रहन्छ । प्रेसर बढ्यो भने मुटुमा दबाब बढ्छ र कमजोर हुन्छ, हर्ट फेल पनि हुन सक्छ । प्रेसरले ब्रेनको नसा फुट्ने जोखिम पनि रहन्छ । नसा सुक्यो 

भने प्यारालाइसिस पनि हुन्छ । ब्रेनको नसा सुकेर रक्तसञ्चार बन्द भयो भने स्ट्रोक पनि हुन सक्छ । आँखा धमिलो हुने, आँखाको रेटिनामा ब्लिडिङ हुनेलगायत समस्या देखिन सक्छ । यसरी उच्च रक्तचापले विभिन्न अंगमा क्षति पु¥याउँछ । त्यसैले यस्तो जोखिमबाट बच्नका लागि पनि चिकित्सकको परामर्शमा नियमित औषधि खाने तथा रक्तचाप नियन्त्रणमा राख्ने उपायहरू अवलम्बन गर्नुपर्छ । 

औषधिको प्रयोगविना कसरी घटाउने प्रेसर ? 
१२०/८० एमएम एचजीदेखि १३९/८९ एमएम एचजीसम्मको अवस्थामा औषधि सेवन गर्न जरुरी छैन । यतिवेला खानपिन र जीवनशैलीमा सुधार ल्याएर ब्लडप्रेसर नियन्त्रण गर्न सकिन्छ । शारीरिक व्यायाम गर्दा पनि रक्तचाप कम गर्न सकिन्छ । तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ । सधैँ स्वस्थकर तथा सन्तुलित आहार लिनुपर्छ । तारेको, भुटेको धेरै खानुहुँदैन । प्रत्येक महिना प्रेसर जाँँच गर्नुपर्छ । नुन कम खानुपर्छ । 

ad
ad