
सानिमा बैंकले सानिमा फाइभ इन वान खाता सेवा सार्वजनिक गरेको छ । सानिमा फाइभ इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो । यसअन्तर्गत ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सिआस्बा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नुहुनेछ ।
सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटमा उपलब्ध पाँच इन एक अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सिआस्बा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन् । सानिमा बैंककोे सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय र एक सय २२ वटा एटिएम सञ्जालहरू रहेका छन् ।