१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवकाे आराेप- प्रतिनिधिसभा इतिहासकै असभ्य र संस्कृतिहीन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:११:oo

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्यता, असंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका छन्।

उनले नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए। 

सांसदहरू संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावी रूपमा उठेर बोल्ने गरेको बताउँदै नेता गौतमले एकजनाले मात्रै बोल्नुपर्ने ठाउँमा दुई सय ७५ जना उठेर बोल्ने गरिएको भन्दै टिप्पणी गरे। 

उनले पुरानो संसद् परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद् बनाएको भन्दै पहिलको भन्दा खराब रूपमा तल झरेर संस्कृतिहीन भएको आरोप लगाए। उनले पछिल्लो समय प्रतिनिधिसभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।