१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फिफा विश्वकप २०२६ छनोट : नेपालको प्रतिद्वन्द्वी लाओस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४४:oo

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।  एसियाली फुटबल महासंघ (एएफसी)ले बुधबार सार्वजनिक गरेको पहिलो चरणको ड्रमा नेपालले होम एन्ड अवे प्रणालीअनुसार लाओससँग भिड्ने तय गरेको हो । नेपाल र लाओसबीच पहिलो खेल १२ अक्टोबरमा हुनेछ । त्यसपछि दोस्रो खेल १७ अक्टोबरमा हुने एएफसीले जनाएको छ । फिफा वरीयतामा नेपाल १७५औँ र लाओस १८७औँ स्थानमा छन् । दुवै लेगमा विजयी हुने राष्ट्र दोस्रो चरणमा पुग्नेछ । तीन वर्षपछि हुने विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन् । सो विश्वकपमा ४८ राष्ट्रको सहभागिता हुनेछ । 

विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले दुईपटक पहिलो चरण पार गरेको छ । नेपालले सन् २०१४ र २०२२ को विश्वकप छनोटमा दोस्रो चरणमा स्थान बनाएको थियो । यसबाहेक नेपाल पहिलो चरणबाटै बाहिरिएको इतिहास छ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट भएको छैन । नेपाल अन्तर्राष्ट्रिय फुटबलमा लाओससँग पराजित भएको छैन । नेपाल र लाओसबीच आधिकारिक रूपमा चार खेल भएका छन्, जसमा नेपालले तीनमा जित र एकमा बराबरी नतिजा निकालेको छ । पछिल्लोपटकको भिडन्तमा नेपाल २–१ ले विजयी भएको थियो । फिफा वरीयतामा नेपाल एक सय ७५ र लाओस एक सय ८७औँ स्थानमा  छ ।

एसियाबाट सीधै आठ राष्ट्र
सन् २०२६ को विश्वकपमा पहिलोपटक सर्वाधिक राष्ट्रबीच प्रतिस्पर्धा हुन लागेको हो । यसपटक फिफाले एसियाबाट आठ राष्ट्र सीधै छनोट हुने जनाएको छ । एसियाको एक राष्ट्रले अन्तरमहादेशीय प्लेअफ अवसर पाउनेछ । प्लेअफमा एसियन राष्ट्र विजयी भए एसियाबाट नौ राष्ट्रले विश्वकप खेल्नेछन् । 

पहिलो राउन्डमा एसियाका २० राष्ट्रले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक एएफसीले  २७ देखि ४६औँ स्थानमा रहेका राष्ट्रबीच पहिलो चरणको छनोट गराउन लागेको हो । यसमा रहेका राष्ट्रले समान दुई खेल खेल्नेछन् । त्यसपछि १० विजेताले दोस्रो चरणमा स्थान पक्का गर्नेछन् । पहिलो चरण अक्टोबर २०२३ सम्म हुनेछ ।

एएफसीले एसियन वरीयतामा १ देखि २६औँ वरीयताका राष्ट्र र पहिलो चरणबाट छनोट भएका १० टोलीबीच प्रतिस्पर्धा गराउनेछ । दोस्रो चरणमा ३६ राष्ट्रबीच खेल हुने एएफसीले जनाएको छ । यस चरणमा ३६ टोलीलाई ९ समूहमा विभाजन गरिनेछ । एक समूहमा चार टोली हुनेछन् । होम एन्ड अवेका आधारमा हुने खेलका समूह विजेता र उपविजेता गरी १८ टोली एएफसी एसियन कपमा पुग्नेछन् ।  दोस्रो चरण मार्च २०२४ मा हुनेछ ।

त्यसपछि तेस्रो चरणमा प्रवेश गरेका १८ राष्ट्रबीच फिफा विश्वकप २०२६ का लागि प्रतिस्पर्धा खेल हुनेछ । ती राष्ट्रलाई तीन समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा ६ टोली हुनेछन् । तीन समूह विजेता र ६ उपविजेता सीधै विश्वकपमा छनोट हुनेछन् । 

ad
ad