१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, देउवाले भने- धेरै आलोचना गर्नुभएन, सबैलाई धन्यवाद !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा धेरै आलोचना नगरेकोमा केन्द्रीय सदस्यहरूलाई धन्यवाद दिएका छन्। 

गत २ साउनदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठक समापन मन्तव्य दिँदै देउवाले भने, ‘धेरै आलोचना होला भन्ने लागेको थियो। कम आलोचना भयो, यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु।’ 

उनले यसपटकको केन्द्रीय कार्यसमिति बैठकमा जीवन्त छलफल भएको बताए। ‘प्रत्यक्ष प्रसारणले पनि दुनियाँलाई थाहा भयो एक से एक योग्य छन्, कांग्रेसमा कोहीभन्दा कोही कम छैनन् भन्ने प्रमाण दुनियाँले बुझ्न पायो । यसका लागि पनि म सबैलाई धन्यवाद दिन चाहन्छु।’

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक २ साउनबाट सुरु भएको थियो। साउन आठ गतेसम्म लगातार चलेको बैठक ९ साउनमा बैठकमा उठेका विषयवस्तुमाथि छलफल गरी निष्कर्ष दिने तयारीका लागि स्थगित गरिएको थियो।