राष्ट्रिय स्वतन्त्र पार्टीले जरुरी सार्वजनिक महत्वबारे संकल्प प्रस्ताव दर्ता गराएको छ। उक्त विषयमा छलफलका लागि रास्वपाका सांसदहरूले संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
ठूलो मात्रामा सुन पत्ता नलागी भन्सार जाँचपास भएको विषयमा विस्तृत अनुसन्धान गर्न, यस्ता संगठित अपराध नियमन गर्न सरकारले लिएको पहलकदमीलगायतका विषयमा छलफल गर्नका लागि रास्वपाले उक्त प्रस्ताव दर्ता गराएको हो।