१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४३:oo

अहिलेको समय छिनमै घाम लाग्ने र छिनमै वर्षा हुने हुन्छ । यो समयमा साधारण मेकअप पानीले भिज्दा, पसिना आउँदा बिग्रने हुन्छ । त्यसैले यो समयमा वाटरप्रुफ मेकअप गर्नुपर्छ । वाटरप्रुफ मेकअप पानी वा पसिनाले बग्दैन । यसलाई आफैँ रिमुभ गर्नुपर्ने हुन्छ । 

आफ्नो स्किन, आइली, ड्राई, नर्मल कस्तो छ ? त्यसअनुसार मेकअप गर्नुपर्छ । फेसमा लगाउने क्रिमदेखि मस्करा, गाजल, लिपस्टिक सबै वाटरप्रुफ प्रयोग गर्नुपर्छ । पानी, पसिना, घाम, धुलोधुँवाबाट बचाउन पनि वाटरप्रुफ मेकअप गर्नुपर्छ । 

कुन छालामा कस्तो मेकअप ?
आइली स्किन : यदि आइली स्किन छ भने आयल कन्ट्रोल गर्नुपर्छ । सुरुमा मेकअप गर्नुअघि मसाज क्लिन्जिङ गरेर फेस सफा गर्र्ने, त्यसपछि टोनर प्रयोग गर्ने । त्यसपछि आइली मोस्चराइजर लगाउने । चार–पाँच मिनेटको फरकमा स्किनको प्रकारअनुसार फाउन्डेसन प्रयोग गर्ने । फाउन्डेसनलाई सेट गर्नका लागि वाटरप्रुफ पाउडरले सेभ गर्नुपर्छ । 

आइली स्किनमा ओपन पोज बढी हुने र यसबाट आयलको उत्पादन भइरहने हुँदा यसलाई ब्लक गर्न प्राइमर प्रयोग गर्नुपर्छ । आइली स्किनकै लागि भनेर विभिन्न फाउन्डेसन आएको पाइन्छ । 

ड्राई स्किन : ड्राई स्किन छ भने सुरुमा मेकअप गर्नुअघि अलि समय क्लिन्जिङ गर्ने, त्यसपछि टोनर लगाउने । दुई–चार मिनेटको फरकमा मोस्चराइजर/सेरम प्रयोग गर्ने । सनस्क्रिन प्रयोग गर्ने । ड्राई स्किनलाई स्मुथ गराउन प्राइमर प्रयोग गर्ने । ड्राई स्किनमा सुट हुने फाउन्डेसन प्रयोग गर्नुपर्छ र अन्तिममा पाउडर प्रयोग गर्नुपर्छ । 

नर्मल स्किन :  नर्मल स्किनमा प्रायः सबै प्रडक्ट सुट हुन्छ । नर्मल लेखिएको प्रडक्ट प्रयोग गर्न सकिन्छ । आयली र ड्राईजस्तो त्यति धेरै ध्यान दिनुपर्दैन ।