१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार भ्रष्टाचारविरुद्ध कठाेर बन्छ : प्रवक्ता शर्मा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेको बताएकी छिन्। 

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले सरकार सुरुदेखि भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएको बताएकी हुन्। उनले सरकार भ्रष्टाचारविरुद्ध अझ कठाेर भएर सुशासनमा केन्द्रित हुने स्पष्ट पारिन्।  

उनले सरकारले अहिले नागरिकता विधेयक ल्याएर मधेसमा ठूलो समस्याका रूपमा देखिएको समस्या समाधान गरेको बताइन्। 

सरकारकी प्रवक्तासमेत रहकी मन्त्री शर्माले सक्कली नेपालीलाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहीँकतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने स्पष्ट पारिन्। 

उनले सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने बताइन्। 

आफू मन्त्री भएपछि पहिलो निर्णयका रूपमा राजमार्गको सबै ठाउँमा मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न निर्देशन दिएको स्मरण गराउँदै उनले यसको पूर्ण कार्यान्वयनका लागि कदम अघि बढाउनुपर्नेमा जोड दिइन्।