१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ५ शुक्रबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महामन्त्रीको प्रतिवेदनप्रति आरजुको टिप्पणी- एनजिओको विसलिस्टजस्तो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार १२:३८:oo

कांग्रेस नेतृ आरजु राणा देउवाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजिओको विसलिस्टजस्तो भएको टिप्पणी गरेकी छिन्।

पार्टी मुख्यालय सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आरजुले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्ताबेज आउला भन्‍ने ठानेकोमा त्यो केवल एनजिओको विसलिस्टजस्तो भएको टिप्पणी गरेकी हुन्। 

उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्ताबेज आउँछ होला भन्‍ने सोचेकी थिएँ। त्यो एक एनजिओको विसलिस्टजस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि त्यसो रिजल्टचाहिँ के त ? योभन्दा दुई–तीनवटा उपलब्धिमूलक कार्यक्रम गरौँ र त्यो परिणाममुखी बनाऔँ।’

उनले पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत बताएकी छिन्। थपिन्, ‘हामी सुशासनका लागि कति तयार छौँ। म प्रधानमन्त्रीको धर्मपत्‍नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरू हुने र उहाँहरूको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ।’

उनले पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरू कहाँ मेल खान्छ ? भनेर हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने बताइन्। संगठनका हकमा संख्या बढाएर मात्र केही नहुने उनको भनाइ थियो।

उनले क्रियाशील सदस्यता लिनुअघि प्रशिक्षण दिएर मात्र सदस्यता अप्रुभ गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘प्रशिक्षण सञ्‍चालन गर्नुपर्छ। प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्‍ने भन्‍ने सबै बुझेपछि र प्रतिबद्ध भएपछि मात्रै क्रियाशील सदस्यता दिनुपर्छ।’

नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको पनि उनले बताइन्। उनले महिलाहरूका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिइन्।