१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिन्छ : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छिन्।

बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताएकी हुन्। 

उनले आगामी आर्थिक वर्षमा कानुन बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताइन्। उनले विद्युतीय तथ्यांकहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने जानकारी दिइन्।

त्यस्तै, साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको पनि उनले स्पष्ट पारिन्।

मन्त्री शर्माले हाल दुई सय ४२ वटा टेलिभिजन, नाै सय २८ एफएम रेडियो, सात हजार नाै सय ७९ पत्रपत्रिका र तीन हजार नाै सय ९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिइन्। उनका अनुसार गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट नाै भाषामा समाचार सामग्री प्रकाशन तथा प्रसारण भइरहेका छन्।