१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँगाउँमा सिंहदरबारसँगै भ्रष्टाचार पुग्याे : रास्वपा उपसभापति अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले गाउँगाउँमा सिंहदरबारसँगै भ्रष्टाचार पुगेको टिप्पणी गरेका छन्। मंगलबार गुल्मीमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै अर्यालले यस्तो बताएका हुन्।

नजिकको स्थानीय सरकार पनि किसानका समस्या समाधानभन्दा आयात र पूर्वाधार निर्माणतर्फ केन्द्रित रहेकाले गाउँगाउँमा भ्रष्टाचार सुरु भएको उनको तर्क थियो। ‘खरिद र पूर्वाधारमा कमिसनका खेल बढी हुने भएकाले स्थानीय सरकारहरू पनि त्यही काम गरिरहेका छन्। यो देशमा बिउ, मल, फोहोर र सिँचाइमा राजनीति हुन्छ,’ उनले भने, ‘गाउँगाउँमा सिंहदरबार मात्रै पुगेको छैन, भ्रष्टाचार पनि पुगिरहेको छ।’

सरकारबाट कुनै सहयोग नपाएका किसानले असारे विकासका कारण सडक अवरुद्ध हुँदा दूध बोकेर सदरमुकाम आउँदा आफूहरूले पाएको सास्तीको विषय राखेका थिए। उपसभापति अर्यालले आफूहरू निरन्तर भ्रष्टाचारविरुद्ध र सुशासनमार्फत समृद्धिको पक्षमा भएकाले सदनदेखि गाउँसम्म आफ्ना कुराहरू नागरिकलाई बुझाउन अभियानमा रहेको बताए।

आफ्नो पार्टीमा आबद्ध हुनेहरूको लहरसँगै खराब प्रवृत्ति छान्ने पद्धति विकास भएकाले खराब मानसिकता बोकेर अरू पार्टीबाट भित्रिएकाहरूका लागि सुखद नहुने चेतावनी दिए। अर्यालले दलको आस्थाविहीन मान्छे खोज्न गाह्रो भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको पद्धतिभन्दा बाहिर कोही रहन नसक्ने उनको दाबी थियो।