१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेचको विषय बनाइयो : राज्यमन्त्री सिर्पाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छिन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले उक्त अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाइन्।

‘कहीँ न कहीँ राजनीति कलंकित हुँदै छ। आज कहीँ न कहीँ राजनीतिलाई सफा र पारदर्शी बनाउँभन्दा सहमति जुट्न सकेको छैन। हामीले राजनीतिलाई कतै न कतै दाउपेच र लेनदेनको खेल पनि बनाएका छौँ। समाजमा बडो दुःखद् परिदृश्यहरू आइपरेका छन्,’ उनले भनिन्, ‘१८ गते बोलेको कुरालाई दुई दिनपछि मिडियामा ल्याउने, अनि त्यसलाई हामीले राजनीतिमा एउटा दाउपेचको कुरा गर्दा स्वच्छ समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ ? पुष्पलालले परिकल्पना गरेको समाज निर्माण गर्न साँच्चै सक्छौँ कि सक्दैनौँ ? भन्ने कुराको चुनौती आइपरेको छ।’