१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २४ आइतबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २४ आइतबार o६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एसइईको ग्रेडवृद्धि परीक्षा २६ र २७ साउनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २४ आइतबार o६:५२:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा २६ र २७ साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालयले सो मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गर्दै विद्यार्थी तथा अभिभावकलाई जानकारी गराएको हो । 

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम स्थान प्राप्त गरेकाहरूले ग्रेड वृद्धि परीक्षामा सामेल हुन सक्नेछन् । त्यस्तै, दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीले पनि पूरक परीक्षामा भाग लिन सक्नेछन् ।

‘२१ गतेसम्म फाराम भरिसक्नुपर्नेछ,’ उनले भने, ‘नतिजा छिटो सार्वजनिक हुने गरी ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन्छ ।’ सो फाराम सम्बन्धित विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्नेछ । गत १७ देखि २९ चैतसम्म सञ्चालन गरिएको एसइईको नतिजा २१ असारमा सार्वजनिक भएको थियो । बोर्डका अनुसार २२ हजार चार सय ७५ विद्यार्थीले उच्च जिपिए ‘ए प्लस’ ल्याएका छन् । 

ad
ad
ad
ad