Skip This
अभिव्यक्तिको अपव्याख्या गर्दै राजनीतिक अभीष्ट पूरा गर्न खोजियो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अभिव्यक्तिको अपव्याख्या गर्दै राजनीतिक अभीष्ट पूरा गर्न खोजियो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गाेविन्द आचार्यले फरक प्रसंगमा दिएको अभिव्यक्तिको अपव्याख्या गर्दै त्यसकै आडमा प्रतिपक्षले राजनीतिक अभीष्ट पूरा गर्न खोजेको बताएका छन्।  

बिहीबार प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले सरदार प्रितम सिंहसँग भावनात्मक एवं पारिवारिक सम्बन्ध रहेको र सोही आधारमा अनौपचारिक कार्यक्रममा प्रधानमन्त्रीले किताबकै अंशका रूपमा बाेलेकाे प्रसंगलाई प्रतिपक्षले राजनीतीकरण गर्न खाजेकाे बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले गत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा प्रतिपक्षले राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको प्रेस नोटमा उल्लेख छ। 

‘नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनुभएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रस्ट नै छ । यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिसयोक्तिपूर्ण राजनीतीकरण गर्नु आफैँमा निरर्थक र दुःखद छ,’ प्रेस नोटमा भनिएको छ। 

पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निष्क्रिय भएको छ। यस्तै राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटमाथि चलिरहेको छलफल अवरुद्ध भएकाे छ।