१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कसरी लाग्छ हैजा ? हैजाबाट बच्ने उपाय के हुन् ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo

मनसुनमा छिनमै घाम लाग्ने र छिनमै वर्षा हुने हुन्छ । जसकारण, पानीका स्रोतहरू धेरै दूषित भएर हैजाको प्रकोप फैलने जोखिम रहन्छ । हैजाको मुख्य कारण दूषित पानी र अस्वस्थ खानपान हो । 

कसरी हुन्छ ?
भिब्रिओ कोलेरा नामक ब्याक्टेरिया मिसिएको पानी वा खाना खाँदा हैजा लाग्छ । यो ब्याक्टेरिया प्रायः फोहोर पानीको स्रोत, काँचो फलफूल, तरकारीलगायतमा भेटिन्छ । त्यसैले पानी शुद्धीकरण गरेर मात्र पिउनुपर्छ, फलफूल राम्ररी पखाल्नुपर्छ र राम्ररी पकाएर मात्रै खाना खानुपर्छ । 

यस ब्याक्टेरियाले उत्पादन गर्ने टक्सिनले सानो आन्द्रामा असर पुर्‍याउँछ र हैजा लाग्छ । मानिसको शरीरमा प्रवेश गरेपछि यस जीवाणु विकसित हुन एकदेखि दुई दिन लाग्छ । समयमै उपचार नगर्दा हैजाले गम्भीर बनाउन सक्छ र कतिपयको ज्यानै पनि जान्छ । 

लक्षण

- पखाला लाग्ने ।
- वाकवाकी लाग्ने, बान्ता हुने ।
- शरीरमा पानीको मात्रा कम हुने ।
- थकाइ लाग्ने ।
- मुख सुक्खा हुने ।
- पिसाब कम लाग्ने ।
- शरीर शिथिल हुने ।

कसरी बच्ने ?
-  साबुनपानीले मिचिमिची हात धुने ।
-  राम्ररी पाकेको खानेकुरा मात्र खाने ।
-   ताजा खानेकुरा मात्र खाने । बासी, सडेगलेका खानेकुरा नखाने । 
-  खानेकुरालाई फोहोरमैलाबाट सुरक्षित राख्ने ।
-  तरकारी तथा फलफूल काँचै नखाने, राम्रोसँग पखालेर, पकाएर मात्र खाने ।
-  पानी उमालेर अथवा शुद्धीकरण विधि प्रयोग गरेर मात्रै पिउने ।
-  घरवरपर सफा राख्ने । फोहोरजन्य वस्तु उचित तरिकाले विसर्जन गर्ने ।
-  पखाला लागिरहेमा पुनर्जलीय झोल बनाएर खाने ।
-  स्तनपान गराइरहेको शिशुलाई पखाला लागेमा धेरैपटक स्तनपान गराउने ।
-  अत्यधिक ज्वरो आउने, दिशामा रगत देखिने, दिनमा पाँचपटकभन्दा बढी पखाला लाग्नेजस्ता जटिल लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ । 

ad
ad