Skip This
ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:३८:oo

ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने भएको छ । ग्रेटवाल मोटर्स (जिडब्लुएम) सवारीसाधनको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता भिजिइम्पेक्स प्रालि र नबिल बैंक लिमिटेडबीच कर्जा लगानी गर्नेसम्बन्धी सम्झौता भएको हो । 

जिडब्लुएमको इन्टरनल कम्बसन इन्जिन (आइसिई) सवारीसाधन हाभल जोलायन, हाभल एच६, पावर र विद्युतीय गाडी ओरा ०३ मा बैंकले फाइनान्सिङ सुविधा दिने जनाइएको छ । सम्झौतामा जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रूपेश शर्मा भट्ट र नबिल बैंककी हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । 

सम्झौताअनुसार ग्राहकले नबिल बैंकमार्फत कुनै पनि जिडब्लुएमका गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । बैंकले १२.९० प्रतिशत ब्याजदरमा आइसिई मोडललाई ५० प्रतिशतसम्म र इभीका लागि ८० प्रतिशत अटो कर्जा उपलब्ध गराउने उल्लेख छ ।

दुवै प्रकारका गाडीका लागि ऋणको अवधि भने सात वर्षको हुने जनाइएको छ । सम्झौताले ठूलो संख्यामा अटोमोबाइलप्रेमीले जिडब्लुएम नेपालबाट नै आफूलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो सुविधा बैंकको कुनै पनि शाखामा प्राप्त हुने जनाइएको छ । 

ad
ad