१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Sunday, 22 September, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o असार १७ आइतबार २o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेपानीका सिडिई उपाध्यायलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार २o:४३:oo

विशेष अदालतले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पूर्णप्रसाद उपाध्यायलाई सफाइ दिएको छ। विभागको क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगन्जमा कार्यरत उपाध्यायसँगै उनकी श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाई पनि विशेषले सफाइ दिएको छ। 

अख्तियारले पुस २०६३ देखि जेठ २०७७ सम्मको आयव्ययको अनुसन्धान गरेकोमा उनले आयभन्दा बढी व्यय र सम्पत्ति जोडेको देखिएपछि २३ असार २०७७ मा मुद्दा दायर गरेको थियो। एक करोड ९१ लाख रुपैयाँभन्दा बढी वैध कमाइ हुनुपर्नेमा उपाध्यायले पाँच करोड १ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेको तथा व्यय गरेको अख्तियारले जनाएको थियो।

उपाध्याय दम्पतीलाई तीन करोड १० लाख २७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाइएको थियो। पूर्णप्रसादले अवैध रूपमा गरेको आय श्रीमती दुर्गाका नाममा राखेको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको थियो। 

तर, आइतबार विशेष अदालतले दुवैलाई मुद्दाबाट सफाइ दिएको छ। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला भएको हो।