१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कराँते प्रशिक्षक श्रेष्ठ तीन महिना प्रतिबन्धित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३२:oo

 नेपाल कराँते महासंघले प्रशिक्षक दीपक श्रेष्ठमाथि अनुशासनको कारबाही गर्दै तीन महिनाको प्रतिबन्ध लगाएको छ । १९औँ एसियाली खेलकुदअन्तर्गत कराँते छनोट क्रममा हातपातमा उत्रिएका श्रेष्ठलाई महासंघले तीन महिना कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी कारबाही गरेको हो ।

ओमकृष्ण प्रसाईंको नेतृत्वमा रहेको छानबिन समितिले प्रशिक्षक श्रेष्ठलाई कारबाही गर्न भनी महासंघलाई प्रतिवेदन बुझाएको थियो । छानबिन समितिकै प्रतिवेदनअनुसार महासंघले प्रशिक्षक श्रेष्ठलाई तीन महिना प्रतिबन्ध गरेको हो । आठौँ र नवौँ सागमा श्रेष्ठले नेपाललाई कराँतेमा लगातार दुई स्वर्ण दिलाएका थिए ।

१८ जेठमा सातदोबाटोस्थित कराँते हलमा एसियाडका लागि कराँतेको छनोट भएको थियो । छनोट प्रतियोगिताका दौरान प्रशिक्षक श्रेष्ठ र महासंघका सदस्य कृष्ण गौतमबीच हात हालाहालको अवस्था भएको थियो । दुईपक्षीय झडपमा गौतमलाई सामान्य चोट लागेको थियो । खेलका क्रममै श्रेष्ठ र गौतमबीच झडप भएको थियो । जुरीका अफिसियलले शतप्रतिशत अंक आउनुपर्ने वेला नदिँदा प्रशिक्षक श्रेष्ठले त्यसको विरोध गरेका थिए ।

 उनी अफिसियलहरूको जुरीमा पुगेपछि विवादले उग्र रूप लिएको थियो । श्रेष्ठले महासंघका सदस्य गौतमले उत्तेजित स्वभाव देखाएपछि हात छाडेको स्वीकार गरेका छन् । महासंघका सचिव ध्वजमान लामाले रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै कुर्सी तोडफोड गरेका थिए । 

रेफ्री र ध्वजमानबीच पनि हातपात भएको थियो । कराँते कभर्डहलभित्र चलिरहेको छनोट खेलमै तोडफोडमा उत्रिएका ध्वजमानलाई १० थान कुर्सीबराबरको क्षतिपूर्ति तिराउने निर्णय महासंघले गरेको छ । महासंघले झडपमा उत्रिएका अर्का व्यक्ति गौतमलाई माफी दिएको छ । 

गल्ती गर्ने सबैलाई कारबाही हुनुपर्छ
दीपक श्रेष्ठ, प्रशिक्षक, कराँते

महासंघले गरेको कारबाहीको स्वागत गर्छु । अनुशासनको कारबाही जो–कोहीले भोग्नुपर्छ । खेलका दौरान उत्तेजित हुँदा हात छाडेको यसअघि नै मैले स्वीकार गरिसकेको छु । महासंघमा आफ्नो कार्यको आत्मालोचना गर्दै माफ मागेको छु । अब महासंघले यो कारबाहीलाई निरन्तरता दियोस् । महासंघले गल्ती गर्ने सबैलाई कारबाही गर्नुपर्छ । कसैलाई कारबाही गर्ने र अरूलाई नगर्ने किसिमको नियत राख्नुहुन्न । तर, गल्ती गर्नेलाई कारबाहीको परम्परा नरोकियोस् । 

ad
ad