१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यथास्थितिमा अघि बढे मुलुक दुर्घटनामा जान्छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२o:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन्। 

‘राष्ट्रियता कमजोर भएको छ। विदेशी हस्तक्षेप र प्रभाव बढेर गएको छ। इतिहासकै डरलाग्दो आर्थिक मन्दी छ। भ्रष्टाचार संस्थागत भएको छ। बेरोजगारी र महँगीले आकाश छोएको छ,’ थापाको भनाइ छ, ‘यो क्रम जारी रहे दुर्घटना अवश्यम्भावी छ।’ 

सोमबार काठमाडौंका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको बताए। सरकारको ध्यान सस्तो लोकप्रियतामा केन्द्रित भएको भन्दै उनले मुलुकको समस्याको दिगो समाधानतर्फ सरकारको ध्यानकेन्द्रित हुनुपर्ने धारणा राखे। 

राप्रपा नेपाललाई सडककेन्द्रित बनाउँदै जनताको माझमा जाने नीतिअनुरूप काम गर्नसमेत उनले कार्यकर्ताहरूलाई निर्देशन दिए। कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधव खत्री, काठमाडौं अध्यक्ष श्याम घिमिरेलगायत जनवर्गीय संगठनका अध्यक्षहरूले आगामी कार्यक्रमको खाका प्रस्तुत गरेका थिए।