१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख २० बिहीबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

म्यानचेस्टर सिटीले पूरा गर्‍यो ह्याट्रिक उपाधि

इंग्लिस क्लब म्यानचेस्टर सिटीले एकै सिजनमा प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४४:oo

म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति टर्कीमा सिटीले सिरी ए क्लब इन्टर मिलानलाई १–० ले हराउँदै पहिलोपटक उपाधि हात पारेको हो । यससँगै युरोपियन फुटबलमा दुर्लभ मानिने ‘ट्रेबल’ उपाधि सिटीले पूरा गरेको छ । सिटीले एकै सिजनमा तीन उपाधि जित्ने क्रममा च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग तथा एफए कप जितेको थियो । सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आर्सनललाई पछि पारेको थियो । दोस्रो उपाधिका रूपमा सिटीले एफए कप जित्दा छिमेकी क्लब म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । 

सिटीलाई ऐतिहासिक रूपमा च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा स्पेनिस खेलाडी रोड्रीले एक मात्र गोल गरेका थिए । उनले खेलको ६८औँ मिनेटमा इन्टर मिलानविरुद्ध १–० का लागि गोल गरे । खेलमा थप गोल भएन, रोड्रीकै गोलमा सिटी च्याम्पियन बन्यो । यससँगै प्रशिक्षक पेप ग्वार्डिओलाले पनि करिअरमा दोस्रोपटक टे«बल उपाधि हात पारे । उनले सिटी र बार्सिलोनालाई एकै सिजनमा तीन प्रमुख उपाधि दिलाएको रेकर्ड राखेका छन् । यससँगै युरोपियन फुटबलमा उनी उत्कृष्ट प्रशिक्षकको सूचीमा उभिएका छन् । 

पेप १२ वर्षपछि च्याम्पियन्स लिगको विजेता बनेका हुन् । इंग्लिस क्लबमा सन् १९९८–९९ को सिजनमा सर एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडलाई ‘ट्रेबल’ उपाधि दिलाएका थिए । इन्टर मिलानले सन् २०१० मा ट्रेबल उपाधि जितेको थियो ।  
सिटीका अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजले विश्व फुटबलमा फरक इतिहास राखे । एकै सिजन चार उपाधि जित्ने उनी पहिलो खेलाडी बनेका छन् । गत मंसिरमा उनी सम्मिलित अर्जेन्टिनाले विश्वकप फुटबल जितेको थियो । कतारको दोहामा भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । 

ad
ad