मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ७ आइतबार
  • Sunday, 24 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २३ मंगलबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तत्कालीन जिसस प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २३ मंगलबार १८:०८:००

जिल्ला समन्वय समितिको कार्यालय सुनसरीका तत्कालीन प्रमुख गोपालराज भण्डारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

जडिबुटीसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा ८० लाख ५२ हजार बिगो कायम गरी मुद्दा दायर भएको हो। जिसस प्रमुख भण्डारीसहित तत्कालीन जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराई र ठेक्का लिने आरके कन्स्ट्रक्सन इटहरीका सञ्चालक रामप्रसाद श्रेष्ठ र सो कम्पनीका प्रतिनिधि कृष्णबहादुर कटवालविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको हो।

आर्थिक वर्ष ०७५/७६ को ठेक्कामा अनियमितता भएको हो। कानुनबमोजिमबाहेक कर लगाउन र उठाउन नपाउने संवैधानिक एवं कानुनी प्रावधानविपरीत गलत मनसायबाट कर लगाउने काम गरी तथा लगाएको करसमेत कबोलअनुसार नउठाई ठेकेदार आरके कन्स्ट्रक्सनसमेतलाई फाइदा र नेपाल सरकारलाई घाटा पुर्‍याएको अख्तियारको मागदाबी छ।