
विश्व वातावरण दिवसको अवसर पारेर मुक्तिनाथ फाउन्डेसनले टोखा नगरपालिकामा वृक्षारोपण गरेको छ । फाउन्डेसनले नगरपालिकासँगको सहकार्यमा वडा नं १ मा निर्माणाधीन शान्तिपार्कमा एभोकाडोका बिरुवा रोपेको हो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, मुक्तिनाथ क्यापिटल लिमिटेड र रोयल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोग रहेको जनाइएको छ ।
टोखा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ का वडा अध्यक्षलगायतका जनप्रतिनिधि तथा कर्मचारीका साथै मुक्तिनाथ फाउन्डेन्नका अध्यक्ष भरतराज ढकाल, फाउन्डेसनका सञ्चालक, मुक्तिनाथ समूह र रोयल सहकारीका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतको उल्लेख्य सहभागिता रहेको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अध्यक्ष ढकालले वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी अभियान २० जेठमा बागमती सफाइ अभियानमा सहभागी हुँदै सुरु गरेको र आगामी पाँच वर्षमा फाउन्डेसनको अगुवाइमा तथा मुक्तिनाथ समूहसहित विभिन्न सरकारी र गैरसरकारी निकायको सहकार्यमा कम्तीमा १० लाखभन्दा बढी फलफूल तथा काष्ठजन्य बिरुवाहरूको रोपण गर्ने लक्ष्य राखेको बताए ।